Community

वीरगञ्जमा मर्यादित महिनावारी सम्बन्धी जनचेतना र्‍याली सम्पन्न

Jun 09, 2026 By Super Admin 14 Views
वीरगञ्जमा मर्यादित महिनावारी सम्बन्धी जनचेतना र्‍याली सम्पन्न
वीरगञ्जमा मर्यादित महिनावारी सम्बन्धी जनचेतना र्‍याली सम्पन्न

वीरगञ्ज२०८० मंसिर २२ । १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत "यौन हिंसा र बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी" भन्ने मूल नारासहित पाँचौँ अन्तर्राष्ट्रिय जनचेतना र्‍याली आज वीरगञ्जको घण्टाघर क्षेत्रमा भव्य रूपमा सम्पन्न भएको छ।

र्‍यालीमा वीरगञ्जका विभिन्न विद्यालयका छात्राछात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै नगरका विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, महिला अधिकारकर्मी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत महिनावारीलाई मर्यादित र सम्मानजनक रूपमा बुझ्न, यौन हिंसा तथा बालविवाहजस्ता सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउन र सुरक्षित तथा समानतामूलक समाज निर्माणमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको सन्देश प्रवाह गरिएको थियो।

नयाँ कदम नेपाल लैङ्गिक समानता, महिला तथा बालअधिकार संरक्षण र सामाजिक रूपान्तरणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछ।