नयाँ कदम नेपालद्वारा प्रथम साधारण सभा तथा तिहार–छठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
May 31, 2026 By Super Admin 5 Views
नयाँ कदम नेपालको प्रथम साधारण सभा सम्पन्न
बारा। २०८० कार्तिक २२ सामाजिक संस्था नयाँ कदम नेपाल, बारा को आयोजनामा प्रथम साधारण सभा तथा तिहार एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रञ्जीत पाण्डेय को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष याकूब मियाँ अन्सारी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद बोहरा, टिभी तराईका निर्देशक अजय यादव, रेडियो तराईका स्टेशन म्यानेजर मनोज गुप्ता, पब्लिक स्पिकर कृष्णमोहन सहनी, संवाद फाउन्डेसन पर्साका संयोजक रोशन चौरसिया लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा संस्थाका गतिविधि, आगामी योजना तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरूबारे छलफल गरिएको थियो। साथै उपस्थित अतिथिहरूबीच तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ कदम नेपालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व तथा जनहितका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
We use cookies to enhance your experience. By continuing, you agree to our use of cookies.