अपाङ्गता भएका बालबालिकाको मनोबल बढाउन नयाँ कदम नेपालको प्रेरणादायी पहल
May 30, 2026 By Super Admin 17 Views
अपाङ्गता भएका बालबालिकाको मनोबल बढाउन नयाँ कदम नेपालको प्रेरणादायी पहल
सिमरा, २०८० असार ३ सामाजिक सेवामा सक्रिय संस्था नयाँ कदम नेपाल ले अपाङ्गता भएका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका–१, मनोकामना टोलस्थित नेपाल अपाङ्ग सेवा संघ, बारा मा विशेष कार्यक्रम आयोजना गरेको छ।
संस्थाका अध्यक्ष रंजीत कुमार पाण्डे को सभापतित्वमा सम्पन्न कार्यक्रममा बहिरा बालबालिकाबीच म्युजिकल चेयर प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सागीर अन्सारी, राजकुमार सहनी र रविशंकर कुशवाहा लगायतका सहभागीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको थियो। सहभागी बालबालिकालाई खाजा समेत वितरण गरिएको थियो।
कार्यक्रममा श्रीमती मनिषा दुबे, श्रीमती अनुराधा अधिकारी, सचिव मकसुद मियाँ, कोषाध्यक्ष बृजेश्वर कुमार साह तथा सदस्यहरू कृष्णा कुमारी अधिकारी, जाउलहक अन्सारी, प्रमिन्द्र राम, मोहनदास तत्मा लगायतको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष पाण्डेले अपाङ्गता भएका बालबालिकालाई शैक्षिक तथा सामाजिक क्षेत्रमा थप उत्साहित र आत्मविश्वासी बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताए।
नेपाल अपाङ्ग सेवा संघमा हाल करिब ४० जना विद्यार्थी अध्ययनरत रहेका छन्। संस्थाका अध्यक्ष गंगाराम को प्रमुख आतिथ्यतामा तथा दृष्टिविहीन महेश साह को विशेष पहलमा आयोजित कार्यक्रमको सञ्चालन पनि महेश साहले नै गरेका थिए।
नयाँ कदम नेपालले आगामी दिनमा समेत समाजका विभिन्न वर्गका व्यक्तिहरूको जीवनस्तर उकास्ने उद्देश्यका साथ यस्ता सामाजिक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
We use cookies to enhance your experience. By continuing, you agree to our use of cookies.