Community

अमृता अनाथ आश्रमका बालबालिकासँग ‘नयाँ कदम नेपाल’द्वारा होलीको खुसी साझेदारी

May 30, 2026 By Super Admin 7 Views
अमृता अनाथ आश्रमका बालबालिकासँग ‘नयाँ कदम नेपाल’द्वारा होलीको खुसी साझेदारी
अमृता अनाथ आश्रमका बालबालिकासँग ‘नयाँ कदम नेपाल’द्वारा होलीको खुसी साझेदारी

अमृता अनाथ आश्रमका बालबालिकासँग ‘नयाँ कदम नेपाल’द्वारा होलीको खुसी साझेदारी

कलैया, २०७९ फागुन २३ 
‘नयाँ कदम नेपाल’ संस्थाले आज कलैया उपमहानगरपालिका–४ स्थित अमृता अनाथ आश्रमका बालबालिकालाई होलीको अवसरमा विशेष भोजन वितरण गर्दै परोपकारमूलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम संस्थाका अध्यक्ष रंजीत कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भयो। पदाधिकारीहरूले स्वेच्छिक रूपमा व्ययभार बहन गर्दै आश्रमका बालबालिकासँग होलीको खुसी बाँडे। संस्थाले सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्‍यो।

कार्यक्रममा उपस्थित पदाधिकारीहरू:
रंजीत कुमार पाण्डेय (अध्यक्ष)
मनीषा दुबे (उपाध्यक्ष)
अनुराधा अधिकारी (सचिव)
मकसूद मिया (कोषाध्यक्ष)
बृजेश्वर कुमार साह (सदस्य)
जाऊलहक अंसारी (सदस्य)
कृष्ण कुमारी अधिकारी (सदस्य)
प्रमिंद्र राम (सदस्य)
मोहन दास तात्मा (सदस्य)

सदस्यहरूले आश्रमका बालबालिकासँग समय बिताए र होलीको दिनलाई अर्थपूर्ण बनाएको संस्थाले जनाएको छ। ‘नयाँ कदम नेपाल’ले समुदायमुखी गतिविधिलाई अझ मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ।