Community

नयाँ कदम नेपाल र रिदम म्यूजिक एकेडमीद्वारा जेनजी सहिद स्मरण कार्यक्रम सम्पन्न।

May 29, 2026 By Super Admin 11 Views
नयाँ कदम नेपाल र रिदम म्यूजिक एकेडमीद्वारा जेनजी सहिद स्मरण कार्यक्रम सम्पन्न।
नया कदम नेपाल र रिदम म्यूजिक एकेडमीद्वारा जेनजी सहिद स्मरण कार्यक्रम सम्पन्न।

बीरगंज, २०८२ असोज १ ।

जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा बीरगंजमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको छ। नयाँ कदम नेपाल र रिदम म्यूजिक एकेडमीको संयुक्त आयोजनामा मंगलबार साँझ ऐतिहासिक स्थल घण्टाघरमा मौन शोकसभा, मैनबत्ती प्रज्वलन र श्रद्धाञ्जलि अर्पण गरिएको हो।

कार्यक्रमको अध्यक्षता नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेयले गर्नुभएको थियो। उहाँले सहिद युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नयाँ पुस्ताको बलिदानलाई निरर्थक हुन नदिने प्रतिवद्धता जनाउनुभयो। “सहिदहरूको सपना साकार पार्न युवा पुस्ताले सामाजिक न्याय, समानता र अधिकारका पक्षमा निरन्तर संघर्ष गर्नुपर्नेछ,” पाण्डेयले भनुभयो।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष मनीषा दुबे, सचिव अनुराधा अधिकारी, कोषाध्यक्ष अजय तिवारी, सदस्य अमृता चौधरी, कृष्णा कुमारी अधिकारी, अर्चना कुशवाहा, मनीषा चौधरी, बृजेश्वर साह, सुषमा साह लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी समाजसेवी शेख मुन्ना, राजेन्द्र चौधरी, सुधीर चौधरी, आरुष चौधरी, शुभम मिश्र लगायतले आफ्नो मन्तव्य राख्दै सहिदहरूको बलिदानलाई राष्ट्रिय परिवर्तनको मार्गदर्शकका रूपमा लिनुपर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष नीरज पीठा मगर, साथै जगत राई, अशोक श्रीवास्तव, मुनेश लायो मगर लगायत सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले पनि सहिद युवाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

वक्ताहरूले सहादत प्राप्त युवाप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनलाई हार्दिक समवेदना प्रकट गरे। उनीहरूले सहिदहरूको बलिदानले समाजलाई न्याय, समानता र समावेशितामूलक भविष्य निर्माणतर्फ अगाडि बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले हातमा मैनबत्ती बालेर मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए। भावनात्मक माहोलमा सम्पन्न यस कार्यक्रममा सहिदहरूको सपना साकार पार्न नयाँ पुस्ताले जिम्मेवार र सचेत नागरिक बन्नुपर्ने निष्कर्ष निकालिएको सहभागीहरूको भनाइ थियो।